• १२ पुस २०८१, शुक्रबार

अरिङ्गालले टोक्दा एक जना मृत्यु

blog

पुष्कर भण्डारी
डडेल्धुरा, कात्तिक १५ गते ।
 जिल्लाको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ । गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका १ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु भएको हो । जोशीलाई कात्तिक १२ गते घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि जिल्ला सदरमुकाम तुफानडाडाँको डडेल्धुरा अस्पताल पुगाइएको थियो । डडेलधुरा अस्पतालमा उहाँको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो ।

धनगढीमा पनि उहाँको उपचार सम्भव नभएपछि भारतको बरेलीको अस्पताल पुगाइएको थियो । बरेलीको एक अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो ।