• ७ मंसिर २०८१, शुक्रबार

नेपालको गोललाई मान्यता नदिएपछि रंगशालामा होहल्ला

blog

नेपालको गोललाई मान्यता नदिएपछि रंगशालामा होहल्लापछि स्थगित भएको खेल । तस्बिर : विकास द्वारे

काठमाडौं, कात्तिक ११ गते । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि तनाव सिर्जना भएको छ । 

भारतका खेलाडीले गोल गरेर खुसीयाली मनाउँदै गर्दा नेपालले गोल गरेको थियो । झण्डै ५० मिनेट बित्दा पनि खेल सुचारु हुन सकेको छैन । 

हाफ टाइमपछि नेपालकी अग्र पङ्क्तिकी खेलाडी रेखा पौडेलले रातो कार्ड पाएपछि खेलमा विवाद उत्पन्न भएको थियो । दशरथ रङ्गशालामा जारी खेलमा भारतीय खेलाडीलाई फाउल गरेको भन्दै रेफ्रीले नेपालकी फरवार्ड रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड देखाउँदै रातो कार्ड दिइएको थियो । 

यो पनि पढ्नुहोस

नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरी