बार्सिलोना, कात्तिक ११ गते । स्पेनको उत्तरी शहर सान्टान्डरमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।
घटना स्थानीय समयअनुसार बिहान ४ बजेतिर एउटा सानो आवासीय भवनमा भएको थियो ।
विस्फोटका कारण तीनतले भवनमा आगलागी भएको तर विस्फोटको कारण अझै अज्ञात रहेको क्यान्टाब्रिया क्षेत्रको राजधानी सान्टान्डर शहरका मेयर गेमा इगुआलले बताउनुभयो।
विस्फाेटपछि भवनको छेउ केही भवनका बासिन्दाहरूलाई सावधानीका लागि खाली गरिएको थियो।
स्थानीय आकस्मिक सेवाका अनुसार १० जनालाई अस्पताल लगिएकोमा दुई जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । रासस/एएफपी