• ६ जेठ २०८१, आइतबार

सल्यानका २१ वडाको मत गणना सम्पन्नः कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी

blog

प्रतीक शर्मा

सल्यान, जेठ १ गते । सल्यानका ८३ वडा मध्ये हालसम्म २१ वटा वडाको मत गणना सकिएको छ । मत गणना सम्पन्न भएका २२ वडा मध्ये १० कांग्रेस, ७ माओवादी र ४ वटा वडामा एमाले विजयी भएको छ ।

कांग्रेस विजयी हुने वडाहरुमा शारदा नगरपालिका १ मा प्रदिप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी रहनुभएको छ ।  त्यसैगरी बागचौर नगरपालिकाको वडा नम्बर १२ मा टिकाराम ओली, ११ मा केश बहादुर भण्डारी, बनगाड कुपिण्डे १ मा थुम बहादुर बिसी, १२ मा लाल बहादुर घर्ती, छत्रेश्वरी १ मा प्रकाश हमाल, त्रिवेणी १ मा दल बहादुर बस्नेत र कुमाख २ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित  हुनु भएको छ  ।

त्यसैगरी माओवादीबाट निर्वाचित हुने वडाध्यक्षहरुमा कुमाख १ मा डिल्ली राना, ६ मा कर्ण बहादुर विक, ७ मा डम्बर शाही, दार्मा १ मा टंक ओली, सिद्ध कुमाख १ मा रमेश चलाउने, छत्रेश्वरी २ मा प्रेम नेपाली र कपुरकोट १ मा बालाराम खड्का रहनु भएको छ । 

त्यस्तै एमालेबाट निर्वाचित हुने वडाध्यक्षहरुमा कालीमाटी ४ मा बेल बहादुर चन्द, ५ मा टोप बहादुर कार्की, त्रिवेणी २ मा हस्त बहादुर राम्जा र कपुरकोट २ मा इश्वरी बुढा रहनु भएको छ ।