• १९ असार २०८१, बुधबार

परशुराम नगरपालिका–२ मा कांग्रेस प्यानलसहित विजयी

blog

पुष्कर भण्डारी

डडेल्धुरा, वैशाख ३१ गते । भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–२ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षका उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ । वडा अध्यक्षका उम्मेदवार रमेश बोहरा प्यानल सहित विजयी हुनुभएको हो । 

उहाँले २८३ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय जोगबुडाले जानकारी दिएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २२९ मत प्राप्त गर्नु भएको थियो । कांग्रेसले यस वडामा विजयी भएसँगै नगर प्रमुखका उम्मेदवारले समेत अग्रता लिनुभएको छ । 

वडा नं. १ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित हुदा कांग्रेस बाट नगरप्रमुखका उम्मेदवार माओवादी भन्दा पछी पर्नुभएको थियो । वडा नं. २ मा कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार रहनु भएका भरत बडाएर जोशीले ३१९ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका उपप्रमुखले ३०३ मत प्राप्त गर्नु भएको छ । 

यस्तै माओवादीका नगरप्रमुखले २०३ र उपप्रमुखले १९१ मत प्राप्त गर्नु भएको छ । वडा नं. १ बाट माओवादीका प्रमुख र उपप्रमुखले समान ५२८ मत प्राप्त गर्नु भएको थियो भने नेपाली कांग्रेसका प्रमुखले ४५२ र उपप्रमुखले ३६७ मत प्राप्त गर्नु भएको थियो । अहिले कांग्रेसका उम्मेदवारले कूल प्राप्त गर्नुभएको मतको संख्या ७७१, उपप्रमुखका ६७१ पुगेको छ । यस्तै माओवादी केन्द्रका प्रमुखले ७३० र उपप्रमुखले मत ७१९ पुगेको छ ।