• ८ मंसिर २०८१, शनिबार

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

blog

दमौलीस्थित तनहुँ कारागार । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक ३ गते ।
 तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका र दैनिक रूपमा थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार महिला २० र पुरुषतर्फ एक सय १४ गरी एक सय ४४ जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा बढी तीन सय २५ जना कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा धेरै बढी हुँदा शौचालय जान पालो कुर्नुपर्ने, ओच्छान खप्टाएर राख्नु पर्ने जस्ता समस्या भएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनका अनुसार महिला बन्दीगृहमा दुईजना आश्रित बालबालिकाहरू रहेका छन् ।