• १४ असार २०८१, शुक्रबार

सर्लाहीको अठार पालिकामा मतगणना जारी, दुईवटामा अन्यौलता

blog

सर्लाही, वैशाख ३१ गते । देशभरमै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा २० स्थानीय तहमध्ये १८ वटामा मतगणना चलिरहेको छ । शनिबार अपरान्हसम्म बरहथवा नगरपालिका र कौडेना गाउँपालिकामा भने मतगणना सुरु हुन सकेको छैन् । बरहथवा नगरपालिका–१७, श्रीपुरमा पुनः मतदान हुनुपर्ने भन्दै राजनीतिक दलहरुले माग गरेपछि त्यहाँ मतगणना नै सुरु हुन नसकेको हो । 

श्रीपुरको क र ख मतदान केन्द्रमा शुक्रबार बिहान केही घण्टा मतदान भएपछि विवाद उत्पन्न भएको र त्यसपछि कोही पनि मत खसाल्नै नआएका बरहथवा नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा नै ल्याएर राखिएको छ ।