• १३ साउन २०८१, आइतबार

सुर्खेतको पञ्चपुरीमा कांग्रेसको अग्रता

blog

नविन सुवेदी

सुर्खेत, वैशाख ३१ गते । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा मतगणना जारी छ । वडा नम्बर १ र ११ नम्बरको करिव १२०० मत गणना गर्दा नेपाली काँग्रेसले अग्रता लिएको छ । यसअघि नेकपा एमालेले अग्रता लिए पनि वडा नम्बर ११ को मत गणनामा काँग्रेसले अग्रता लिएको छ ।

प्रमुख पदमा पछिल्लो मत परिणामअनुसार काँग्रेसका उम्मेदवार लालबहादुर भण्डारीले ४८६ मत प्राप्त गर्नुभएको छ । यस्तै, एमालेका धनबहादुर थापाले ४०८ र नेकपा माओवादी केन्द्रका केशवबहादुर शाहीले २३० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुख पदमा कांग्रेसका मुक्तिदेवी रेग्मीले ४७१ र नेकपा एमालेका दुर्गाकुमारी जैशीले ४०२ मत ल्याएउनु भएको  छ ।

पञ्चपुरीको वडा नम्बर ११ मा ६०० मत गणना गर्दा प्रमुखमा काँग्रेसले २७५, नेकपा (माओवादी केन्द्र)ले १९६, नेकपा (एमाले)ले ९१ तथा उपप्रमुखमा कांग्रेसले २५९, नेकपा (एमाले)ले १०२ र नेकपा (माओवादी केन्द्र)ले ३४ मत प्राप्त गरेको छ । वडाध्यक्षमा काग्रेसले २४५ मत ल्याउँदा माओवादीले २१४ र एमालेले ९२ मत ल्याएको छ ।

सुर्खेतको पञ्चपुरीमा काँग्रेसको अग्रता
सुर्खेत, वैशाख ३१ गते । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा मतगणना जारी छ । वडा नम्बर १ र ११ नम्बरको करिव १२०० मत गणना गर्दा नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघि नेकपा एमालेले अग्रता लिए पनि वडा नम्बर ११ को मत गणनामा काँग्रेसले अग्रता लिएको छ ।

प्रमुख पदमा पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार लालबहादुर भण्डारीले ४८६ मत प्राप्त गर्नुभएको छ । यस्तै, एमालेका धनबहादुर थापाले ४०८ र नेकपा माओवादी केन्द्रका केशवबहादुर शाहीले २३० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुख पदमा कांग्रेसका मुक्तिदेवी रेग्मीले ४७१ र नेकपा एमालेका दुर्गाकुमारी जैशीले ४०२ मत ल्याएउनुभएको  छ ।

पञ्चपुरीको वडा नम्बर ११ मा ६०० मत गणना गर्दा प्रमुखमा कांग्रेसले २७५, नेकपा (माओवादी केन्द्र)ले १९६, नेकपा (एमाले)ले ९१ तथा उपप्रमुखमा कांग्रेसले २५९, नेकपा (एमाले)ले १०२ र नेकपा (माओवादी केन्द्र)ले ३४ मत प्राप्त गरेको छ । वडाध्यक्षमा काँग्रेसले २४५ मत ल्याउँदा माओवादीले २१४ र एमालेले ९२ मत ल्याएको छ ।