• १९ पुस २०८१, शुक्रबार

धान खेतबाट अजिङ्गरको उद्धार

blog

उद्धार गरिएको अजिङ्गरलाई वनदेवी सामुदायिक वनमा छोडिदैं ।

अविनाश चौधरी

धनगढी, असोज २४ गते । कैलालीको भजनी नगरपालिका–२ स्थित धान खेतबाट दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) को उद्धार गरिएको छ । 

धान काट्ने क्रममा कम्बाइन मेसिनबाट चोटपटक लागेर घाइते अजिङ्गरको उद्धार गरिएको हो । वन तथा कृषि विश्वविद्यालय हेटौडा र हेटौडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्समा अध्ययनरत विद्यार्थीद्वय कृष्णदीप डङ्गौरा र नवीनदीप डङ्गौराले अजिङ्गरको उद्धार गरेका हुन । 

घाइते अजिङ्गरको सामान्य उपचार गरेर प्राकृतिक वासस्थानमा छोडिएको कृष्ण दीपले बताउनुभयो । उहाँका अनुसार भजनीस्थित वनदेवी सामुदायिक वनमा सो सर्पलाई छोडिएको छ ।