३१ वैशाख २०७९, शनिबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
३१ वैशाख २०७९, शनिबार
३ वर्ष पहिले
डडेल्धुरा, वैशाख ३१ गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी हुनुभएको छ ।
शनिबार माओवादीका उम्मेदवार कुवँर पधानसँग दुई सय ५० मत अन्तरले काँग्रेसका उम्मेदवार भट्ट विजयी भएको स्थानीय टङ्क पनेरुले जानकारी दिनुभयो । गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएका थिए ।
उहाँ लगायत विजयी हुनुभएका सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले भने विजयी घोषणा गर्न बाँकी छ ।
पुष्कर भण्डारी