• १२ पुस २०८१, शुक्रबार

लालझाडी–६ मा काँग्रेसका जोशी विजयी

blog

कञ्चनपुर,  वैशाख ३१ गते । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ ।

 लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली काँग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी हुनुभएको छ ।

 निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित वडाध्यक्ष जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गर्नुभएको छ ।

 यसैगरी बेलौरी नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार ८८३ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)का नगरप्रमुख पदका उम्मेदवार पोतिलाल चौधरीले ३८९, काँग्रेसका हरेन्द्रसिंह विष्टले २४९ र एमालेका कमला बोहराले २४५ मत प्राप्त गर्नुभएको छ । मतगणना भइरहेका अन्य पालिकाको मतपरिणाम आउन बाँकी छ ।