अनिल पराजुली
हेटौँडा, असोज १७ गते । पश्चिम मकवानपुरको मनहरी –६, प्रतापपुरमा घर नजिकैको कुलोमा डुबेर एकजना बालकको मृत्यु भएको छ । १८ महिनाको बालक सामुयल प्रजाको पानीमा डुबेर मृत्यु भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रजा घरनजिकै खेल्नेक्रममा ५० मिटर टाढा रहेको कुलोमा डुबिरहेको अवस्थामा फेला परेका थिए । बालकलाई उपचारका लागि मनहरी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत्त घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।