बोमलाल गिरी
नवलपुर, असोज १६ गते। नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको मृत अवस्थामा शव फेला परेको छ।
हिजो दिउँसोदेखि विनयी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका विनयी त्रिवेणी गाउँपालिका–४ घारीका २६ वर्षीय ज्ञानबहादुर सोमैको शव आज फेला परेको नवलपुर प्रहरीले जनाएको छ।
सँगै पौडी खेल्न गएका सोही ठाउँका २६ वर्षका देवबहादुर सोती र टङ्क बहादुर ठाडा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो।