• ९ मंसिर २०८१, आइतबार

मदन भण्डारी प्रतिष्ठानको उपकुलपतिमा ज्ञवाली

blog

मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै प्रवक्ता लामिछाने । तस्विर: अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असोज १६ गते । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपतिमा पाल्पाका डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । 

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । 

पाल्पाका ज्ञवालीसहित सर्लाहीका डा. हरिबहादुर खड्का र काठमाडौँका डा. सुजन मानन्धरको नाम सिफारिस भएको थियो । चारवर्षे कार्यकाल पूरा गरी प्रतिष्ठानको उपकुलपति डा. विश्वराज जोशी बिदा हुनु भएपछि गत साउन १५ गतेदेखि रिक्त रहेको पदमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।