• १३ साउन २०८१, आइतबार

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान

blog

काठमाडौं, वैशाख ३० गते। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको जनाएको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिनुभयो। 

छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान जारी रहेको उहाँको भनाइ छ।  यसअघि आयोगले मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी गराएको थियो।