• १२ पुस २०८१, शुक्रबार

विपद पीडितलाई गुरुङद्वारा एक करोड ११ लाख सहयोग

blog

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गर्दै व्यवसायी मीनबहादुर गुरुङ । तस्बिर : प्रधानमन्त्रीकाे फेसबुक पृष्ठ

काठमाडौं, असोज १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले बाढी पहिरो पीडितको राहतका लागि एक करोड ११ लाख ११ हजार एक सय ११ रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

अमेरिकाको भ्रमण सकेर काठमाडौं आइपुग्नु भएका प्रधानमन्त्रीसँग भेट गरेर गुरुङ दम्पतील सो चेक हस्तान्तरण गर्नुभएको हो । 

प्रधानमन्त्रीले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ, ‘‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड ११ लाख ११ हजार एक सय ११ रुपियाँको चेक दिनुभयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’’