• ३ असार २०८२, मङ्गलबार

बलवा नगरपालिकामा हवाई फायर

blog

महेशकुमार दास

जलेश्वर, वैशाख ३० गते । महोत्तरीको बलवा नगरपालिका—५स्थित महाबीर मतदान केन्द्रमा मतदाता नामावली सम्बन्धि दुई पक्षबीच झडप भएको छ ।

झडपलाई नियन्त्रण लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

‘मतदाता नामावली सम्बन्धी विवाद उग्ररुप लिएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । ’ जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले भन्नुभयो ‘प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइ केहीबेर झडपका कारण रोकिएको मतदान कार्य पुनः सुचारु भएको छ । ’

झडपका कारण आधा घण्टा सम्म त्यहाँ मतदान प्रक्रिया रोकिन पुगे पनि प्रहरीले संयमता अपनाउँदै स्थितिलाई नियन्त्रणमा लिएपछि मतदान कार्य पुनः शुरु भएको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभएको हो ।

बलवामा थप प्रहरी परिचालन गर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जानकारी दिएको छ ।