• १३ असोज २०८१, आइतबार

टाउकोबिना बाँचेको कुखुरा

blog

अचम्म लाग्न सक्छ, होइन पनि भनिएला तर सत्य नै हो । एक पटक अमेरिकामा एउटा कुखुरा टाउकोबिना १८ महिना जीवित रहेको थियो । सन् १९४० को दशकमा अमेरिकामा यस्तो घटना भयो । ‘माइक दी चिकेन’ नाम दिइएको कुखुरा टाउकोबिना पनि लामो समय बाँच्यो । टाउको नहुँदा पनि कुखुरा बाँच्नुको मुख्य कारण थियो उसको ‘जग्यलर’ रक्तवाहिनी र दिमागको अधिकांश भाग अछुतो रहनु । ‘जग्यलर’ रक्तवाहिनी भनेको तीन जोडी धमनी हो जो टाउकोबाट सोझै छातीसम्म आउँछ । यसलाई रक्तसञ्चार प्रणालीको महत्वपूर्ण हिस्सा मानिन्छ । यसबाट के कुरा स्पष्ट भयो भने जीवित रहनका लागि दिमागको सबै भाग आवश्यक छैन । 

–युवामञ्च