• ११ असोज २०८१, शुक्रबार

भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालन

blog

मकवानपुर, असोज ११ गते । पहिरोका कारण शुक्रबार बिहादेखि अवरुद्ध हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौँ जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ मा सडकमाथिबाट लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । प्रहरी, सडक डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाएर आवागमन नियमित गरिएको हो । रासस