• ११ असोज २०८१, शुक्रबार

झरीमा रुझेको काठमाडौँ (फोटो फिचर)

blog

झरीमा गन्तव्यतर्फ जाँदै बटुवा । तस्बिर : केशब गुरुङ

काठमाडौँ, असोज ११ गते । हाल काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसमविज्ञान विभागले जनाए अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । वर्षाका कारण काठमाडौँको जनजीव प्रभावित भएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि  छ ।