• ८ जेठ २०८१, मङ्गलबार

बिहीबार साँझसम्मै मतदाता परिचय पत्र वितरण (फोटो फिचर)

blog

काठमाडौं, वैशाख २९ गते। शुक्रबार (वैशाख ३० गते) देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदाता परिचय पत्र बिहीबार साँझसम्मै वितरण गर्दैछ। आयोगले मतदाता परिचय पत्र नभए सरकारी निकायबाट लिएको परिचयपत्र भए पनि मतदान गर्न पाउने बताए पनि परिचत्रपत्र लिनेको भीडभाड देखिन्छ।

बुधबार सूचना सार्वजनिक गर्दै आयोगले नागरिकता, राहदानी अथवा सरकारी निकायले दिएको परिचय खुल्ने प्रमाणको आधारमासमेत मदतान गर्न पाउने उल्लेख गरेको थियो। मतदानका लागि मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्नेछ। ललितपुरको जावलाखेल, काठमाडौंको वसन्तपुर र हनुमानढोकामा रहेका मतदानस्थलमा पुगेर कैद गरिएका तस्बिर : 



  

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।