काठमाडौँ, भदौ ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आइतबार बिदाइ भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरेर आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिनुभयो ।
भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ–आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो । भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।