• ८ पुस २०८१, सोमबार

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

blog

राष्ट्रपतिसमक्ष नेपालका लागि म्यानमारका आवासीय राजदूत म्यो मिन्ट माउङ ओहोदाको प्रमाणपत्र पेस गर्नुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, भदौ २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि म्यानमार, अष्ट्रेलिया, फ्रान्सका आवासीय र जाम्बियाका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । 

नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । 

राष्ट्रपतिसमक्ष क्रमशः म्यो मिन्ट माउङ,लीन एलिजाबेथ जोनस्टन, भर्जिनी कोर्टेवल र पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले जनाएको छ ।  

समारोहमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।