• २५ पुस २०८१, बिहिबार

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

blog

प्रधानमन्त्री केपी शर्मा ओली चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूको कार्यसम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभईकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताउनुभयो ।


“हामी टिम स्पिरिटमा काम गर्छौँ, एक अर्कालाई सहयोग गर्छौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ ।’’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले पूर्वमन्त्रीहरुसँगका काम लाग्ने अनुभवबाट पनि सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने देखिएका काम गर्न आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस