• १६ भदौ २०८१, आइतबार

ग्लोबलले सवारी कर्जा दिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबिच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।

समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवं एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिव्रmेताले बिक्री गर्ने विद्युतीय गाडी दिपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीले आवश्यक कागजातसहित बैङ्कमा निवेदन दिएको तीन दिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ । 

हरित वित्त प्रवर्धन गर्न बैङ्कले विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ । सम्झौताका लागि बैङ्कका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रालिका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।