केशवराज भट्ट
बाशुलिङ्ग (बैतडी), जेठ १७ गते । भिरबाट लडेर बैतडीमा एक वृद्धाको मृत्यु भएको छ । घर नजिकैको जंगलमा घाँस काट्नेक्रममा दशरथचन्द नगरपालिका –६ टाककी ७० बर्षीया धनपती नाथको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।
शनिबार दिउँसो १२ बजे भिरबाट लडेर २ सय मिटर तल खसेर गम्भीर घाइते हुनभएकी नाथको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरी बडूले बताउनुभयो । मृतक नाथको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।