• १६ भदौ २०८१, आइतबार

लायन्स क्लबद्वारा ब्लड बैङ्क स्थापना

blog

काठमाडौँ, भदौ १५ गते । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील संस्थाका रूपमा रहेको लायन्स क्लबले रक्त सञ्चार केन्द्र स्थापनाको अनुमति पाएको छ । नेपाल रेडक्रस सोसाइटीपछि लायन्स क्लबले रक्त सञ्चार केन्द्र ब्लड बैङ्कको स्थापना गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लायन्स क्लबलाई रक्त सञ्चार सेवा सञ्चालन गर्न इजाजतपत्र (लाइसेन्स) प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयले लायन्स क्लबलाई प्रदान गरेको इजाजतपत्रमा जनस्वास्थ्य सेवा नियमावली, २०७७ अनुसार ‘ए’ समूहको एकल रक्त सञ्चार केन्द्र सञ्चालन गर्न अनुमति दिएको हो । 

लायन्सले त्रिवि लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्रको स्थापना गरेकाले देशमा अब रगतको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदनकुमार उपाध्यायले लायन्स क्लबलाई मापदण्ड अनुसार रक्त सञ्चार केन्द्र स्थापना गर्ने इजाजतपत्र दिएको जानकारी दिनुभयो । उहाँले सरकारबाट स्वीकृत भई जारी भएका मापदण्ड र निर्देशिकाको अनिवार्य पालना गर्ने गरी लायन्स क्लबलाई केन्द्र स्थापना गरी सेवा उपलब्ध गराउन लाइसेन्स दिइएको बताउनुभयो । मन्त्रालयले दिएको इजाजतपत्रमा एक वर्षभित्रमा समूह ‘ए’ का लागि आवश्यक पर्ने गामा रेडियसन च्याम्बर १ जडान गर्नुपर्ने उल्लेख छ । 

त्रिवि लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीले देशमा भइरहेको रगतको अभाव पूर्ति गर्ने सेवा भावका उद्देश्यले केन्द्रले सेवा सुरु गरेको जानकारी दिँदै यो रक्त सञ्चार केन्द्रलाई देशव्यापी बनाउने बताउनुभयो । अभियानमा सव्रिmय लायन नेता मनोज सापकोटाले लायन्स रक्तसञ्चार केन्द्रको स्थापनापछि रगतको अभाव हट्ने दाबी गर्नुभयो । 

बिरामीले धाउनु पर्दैन

अध्यक्ष ज्ञवालीले अब रगतका लागि हरेक केन्द्रमा धाउनुपर्ने अवस्था नआउने दाबी गर्नुभयो । उहाँले बिरामीका लागि रगत आवश्यक हो भने अस्पतालमै रगत पु-याउने गरी हरेक अस्पतालसँग सम्झौता गर्ने जानकारी दिनुभयो । उहाँले त्यो अवस्थामा रगत बिरामीलाई प्रयोग भयो भने बिरामीले पैसा तिर्ने र बिरामीलाई प्रयोग भएन भने अस्पतालले राख्ने व्यवस्था गरिने बताउनुभयो । 

अत्याधुनिक उपकरण 

अध्यक्ष ज्ञवालीले लायन्स रक्तसञ्चारमा अत्याधुनिक मेसिनको प्रयोगबाट रगत परीक्षण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “रगतलाई सेवा र सुरक्षाका हिसाबले हेर्नुपर्ने हुन्छ, शब्दले मात्र सुरक्षित रगत भनेर हुँदैन ।” 

लायन्समा शतप्रतिशत ब्लड कम्पोनेन्ट सेक्रेटर भन्ने छ । यो सबैलाई होल ब्लड दिने अवधारणालाई हटाउन खोजिएको ज्ञवालीको भनाइ छ । प्लेटलेट्स आवश्यक पर्नेलाई प्लेटलेट्स मात्र दिइने, रेड ब्लड आवश्यक पर्नेलाई रेड ब्लड र प्लाज्मा आवश्यक भएकाहरूलाई प्लाज्मा मात्र दिइने व्यवस्था गरिएको छ । रेडियसनबाट डिक्लेक्ट गर्ने भनेजस्तै जुन रगत चाहिएको छ, त्यही रगत मात्र शरीरभित्र गयो भने अनावश्यक रगतका तŒवहरू शरीरभित्र जान पाउँदैन भन्ने उद्देश्यले यस्तो प्रविधि भिœयाएको हो । 


नेगेटिभ ब्लडको व्यवस्थापन

ज्ञवालीका अनुसार नेगेटिभ रगत पाउन मुस्किल छ । त्यसैले नेगेटिभ रगत हुनेहरूको रोस्टर बनाएर सम्झौता गरेर अगाडि बढ्ने लक्ष्य लिइएको छ । ज्ञवालीले भन्नुभयो, “जुन बेला नेगेटिभ रगतको आवश्यकता छ त्यही बेला बोलाएर नेगेटिभ रगत पनि प्रदान गर्ने छौँ, लायन्स क्लबका पाँच सय स्वयंसेवकले जुनबेला पनि आएर रगत दिनुहुने छ ।”

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।