• १६ भदौ २०८१, आइतबार

साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध

blog

शिवराज ढुंगाना 

अछाम, भदौ १२ गते । लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक खण्डको साँफेबगर नगरपालिका–१३ को बुढाबगरमा ठुलो पहिरोका कारण सडक अवरुद्ध भएको छ । बुधवार राती करिब तीन सय मिटर जति सडक भन्दा माथिबाट पहिरो आएपछि आवतजावतमा रोक लागेको हो । 

निरन्तर पहिरो खसिरहेकोले बाटो खुलाउन जोखिम भएकोले पहिरोको वारिपारि सवारी साधन रोकिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । पहिरो खस्ने क्रम रोकिएसँगै उज्यालो भएपछि सडक सुचारु गर्ने तयारी भइरहेको भण्डारीको भनाइ छ । 

सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिर जिल्ला जाने र बाजुरा जिल्ला जाने सवारी साधनसँगै यात्रुहरूलाई सास्ती भएको छ । साँफे–मार्तडी सडकमा वर्षाको समयमा पहिरोको कारण सडक अवरुद्ध हुँदै आएको छ ।