• १६ भदौ २०८१, आइतबार

अस्ट्रेलियामा मुँवाथाई खेल्दै गुणराज

blog

विदाइको अवसरमा गुणराज रुचाल ।

काठमाडौँ, भदौ ११ गते । नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ प्रस्थान गर्दै हुनुहुन्छ ।

एक महिने प्रशिक्षण र अस्ट्रेलियामा हुने प्रतियोगितामा उहाँले सहभागिता जनाउनुहुनेछ ।उहाँलाई लिजेन्ड्स एकेडेमी पर्थले प्रशिक्षणसहित प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको हो । निःशुल्क प्रशिक्षणका साथै उहाँको सम्पूर्ण खर्च पनि लिजेन्ड्सले नै व्यहोर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा गुणराजले हासिल गरेको सबैभन्दा ठुलो उपलब्धि गत मार्च १९ मा थाइल्यान्डमा भएको १९औँ विश्व मुँवाथाई च्याम्पियनसिपअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जित्नु हो ।

विश्व च्याम्पियनसिपको सेमी प्रोमा यो उपलब्धि हासिल गर्ने उहाँ पहिलो नेपाली मुवाँथाई खेलाडी हुनुहुन्छ । गुणराजलाई मङ्गलबार एक कार्यक्रमबिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाइ गर्नुभयो ।