• ६ जेठ २०८१, आइतबार

पशुपतिनगरबाट अवैध सामान बरामद

blog

पशुपतिनगर समाचारदाता 

पुशपतिनगर (इलाम) वैशाख २५ गते। भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याइँदै गर्दा सशस्त्र प्रहरीले इलामको गोर्खेबाट विभिन्न ब्राण्डका मदिरा बरामद गरेको छ। 

आइतबार गोप्य सूचनाको आधारमा सूर्योदय नगरपालिका १ गोर्खे पुगेको सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल ल्याइँदै गरेको ३४ कार्टुन मदिरा, १० कार्टुन भाडा माज्ने साबुन र ३ बोरा युरिया मल बरामद गरेको हो।

 सशस्त्र प्रहरी बल बीओपी पशुपनिगरका सशस्त्र प्रहरी नायब निरीक्षक अइन्द्रकुमार मेयाङ्वाेको नेतृत्वमा खटिएको टोलीले भारतीय ब्राण्डको १० कार्टुन हिट बियर, १० कार्टुन सिक्किमे रम, १० कार्टुन हनी वी र ४ कार्टुन मास्क गरेर ३४ कार्टुन मदिरा बरामद गरेको छ। उक्त मदिरा १ लाख ५३ हजार ४ सय रुपियाँ बराबरको छ। यस्तै उक्त टोलीले २३ हजार मूल्य बराबरको १० कार्टुन भाँडा माझ्ने साबुन र तीन बोरा युरिया मल बरामद गरेको छ। 

प्रहरी देखेपछि सामान ल्याउने व्यक्ति भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको सामान सशस्त्र प्रहरीले पशुपतिनगर भन्सार कार्यालयमा आइतबार नै दाखिला गरेको छ।