• १३ जेठ २०८१, आइतबार

स्थानीय तह निर्वाचन

२६ गतेदेखि म्याग्दी जिल्ला प्रशासनको सेवा आंशिक बन्द

blog

अमृतप्रसाद पौडेल
म्यदी, वैशाख २५ गते
। जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय तह निर्वाचनमा कर्मचारी खटिनुपर्ने हुँदा आंशिक सेवा बन्द गरेको छ। वैशाख २६ देखि जेठ २ सम्मका लागि सेवा प्रवाहलाई आंशिक रुपमा बन्द गर्ने भएको हो।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूचना जारी गरेर वैशाख २६ देखि नेपाली नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी र पेन्सन तथा अन्य सिफारिस एवम् प्रमाणित गर्ने कार्य बन्द हुने जनाएको छ।

 प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले सार्वजनिक गर्नुभएको सूचनामा जेठ ३० गतेसम्म निर्वाचनले गर्दा स्थगित, ३१ गते शनिबार एवम् जेठ १ र २ गते पनि बिदा (१ गते आइतबार र २ गते बुद्ध जयन्ती) भएको कारणले बिदा पर्ने हुँदा जेठ ३ गतेबाट मात्रै सेवा प्रवाह हुने उल्लेख छ।

स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी रानाले बताउनुभयो। प्रजिअ रानाका अनुसार जिल्लामा छ सय १७ म्यादी, तीन सय ८० नेपाल प्रहरी, दुई सय १६ सशस्त्र प्रहरी र तीन सय ९४ नेपाली सेना निर्वाचनका लागि म्याग्दी जिल्लामा खट्नेछन्। निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई दुई मतदान केन्द्रको बीच पर्ने गरी ३० मिनेटभित्र कुनै पनि स्थानमा पुग्ने गरी तैनाथ गरिएको प्रजिअ रानाले बताउनुभयो।