लक्ष्मी चौधरी
जनकपुरधाम, भदौ ७ गते । सङ्घ सरकारका गृहमन्त्री रमेश लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुभएको छ ।
शुक्रवार आयोजित एक कार्यक्रमका बिच गृहमन्त्री लेखकले सो भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यासको क्रममा उहाँले निर्माणको क्षेत्रमा पटक पटक समस्या आइरहेका कारण समयमा सीमालाई मध्यनजर गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,गुणस्तरीय काम र समयमा सम्पन्न नहुँदा सबैलाई मार्का पर्ने हुँदा समय र गुणस्तरमा विशेष ध्यान दिन आवश्यक छ ू
यसै क्रममा गृहमन्त्री लेखकले समृद्धि र विकासका लागि वर्तमान गठबन्धन आवश्यक रहेको जिकिर समेत गर्नुभयो । वर्तमान समीकरणले मुलुकलाई विकासको गतितर्फ लैजाने उहाँको विश्वास समेत रहेको छ ।