• १६ भदौ २०८१, आइतबार

नियमित रचना बाचनलाई गाईजात्रा विशेष बनाइयो

blog

गाईजात्रा विशेष साहित्य रचना बाचन कार्यक्रममा सहभागि साहित्यकार लगायत । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, भदौ ५ गते ।
भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले नियमित रचना बाचनलाई गाईजात्रा विशेष बनाएको छ । मासिक रुपमा नियमित रचना बाचन कार्यक्रम गर्दै आइरहेको प्रतिष्ठानले आफ्नो ७६ औं शृङ्खलालाई गाईजात्रा विशेष बनाएको हो ।

प्रतिष्ठानले वार्षिक रुपमा गाईजात्रा विशेष साहित्यिक रचना बाचन गर्ने कार्य शुभारम्भ गरेको प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले बताउनुभयो ।

साहित्यमार्फत सामाजिक विकृति र विसङ्गतिलाई उजागर गर्नु उदाहरणीय काम भएको प्राज्ञ मुक्ति प्रसाद सुवेदीले बताउनुभयो ।

गाईजात्रा विशेष साहित्य कार्यक्रममा शम्भु अर्याल, धु्रव शर्मा पंगेनी, विष्णु पंगेनी पाण्डे, डोलराज सुवेदी, मिलन समिर, निलकण्ठ लम्साललगायतले विभिन्न व्यङग्यात्मक कविता,मुक्तक तथा गीत सुनाउनु भएको थियो ।