• १६ भदौ २०८१, आइतबार

‘उपलब्धिलाई समाप्त गर्नेहरूलाई जनताले परास्त गर्ने छन्’

blog

पोखरामा आयोजित कार्यक्रममा प्रदीप पौडेल । तस्बिर : प्रदीप पौडेलको फेसबुकबाट

पोखरा, वैशाख २४ गते । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले संवैधानिक उपलब्धिहरु समाप्त गर्ने बाटोतिर लागेकाहरूलाई स्थानीय तहको निर्वाचनमा जनताले परास्त गर्ने बताउनुभएको छ । 

पार्टीको स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘संवैधानिक उपलब्धिहरुलाई समाप्त गर्ने बाटोतिर उद्दत भएको पार्टी, व्यक्ति अथवा प्रवृत्तिलाई यो निर्वाचनले परास्त गर्न जरुरी छ ।’’

स्थानीय तह निर्वाचनले मुख्यतया जनतालाई स्थानीय स्तरमा सेवा दिने, विकासका पूर्वाधार निर्माण गर्ने, स्थानीय आवश्यकता पूरा गर्ने काम गर्ने भए पनि निर्वाचन यति मात्रै विषयमा सीमित नभएको बताउनुभयो । 

नेता पौडेलले भन्नुभयो, ‘‘अहिलेको निर्वाचन राजनीतिक विषयहरुसँग पनि जोडिएको छ । हिजो सूचना प्रविधि विधेयक जसरी आयो, हिजो मानवअधिकार विधेयक जसरी आयो, हिजो गुठी विधेयक जसरी आयो अथवा प्रेस काउन्सिल विधेयक जसरी आयो, त्यसले प्रस्ट सङ्केत के गर्छ भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईतिहाइको शक्ति विकास निर्माण गर्न होइन, देशलाई समृद्ध गर्न होइन, नेपालको संविधानलाई कमजोर बनाउनका प्रयोग गर्नुभयो ।’’