• १३ साउन २०८१, आइतबार

शान्ति र स्थिरताका लागि गठबन्धनलाई जिताउन देउवाको आग्रह

blog

शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिरः कपिल ज्ञवाली

बुतवल, वैशाख २४ गते। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ। प्रजातन्त्रको भविष्य बलियो बनाउन गठबन्धनलाई बलियो बनाउनु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले बुटवलको सुकुम्वासी समस्या समाधान गर्न, तराईको नागरिकता समस्यालाई सधैका लागि अन्त्य गर्न गठबन्धनका उम्मेदवार जिताउनुपर्नेमा जोड दिनुभयो। 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘संसदबाट एमसीसी पारित भएपछि अब बुटवलदेखि भालुबाङ हुँदै लमहीसम्मको सडक बलियो र राम्रो बन्दैछ, विकासका काम धमाधम हुनेछन्, जनताले अब परिवर्तनको अनुभूति गर्नेछन्।’’

उहाँले गठबन्धनकै कारण मुलुकका जनताले बोल्न, लेख्न र आफ्नो अधिकारको वकालत गर्न पाएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको निरंकुशता अन्त्यका लागि पनि गठबन्धनको आवश्यकता रहिरहेको औंल्याउनुभयो। 

सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुटवललाई स्मार्ट सिटीका रुपमा विकास गर्न गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग आग्रह गर्नुभयो।  पौडेलले बुटवलको विकासका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने र त्यसपछि बुटवल क्षेत्रको समस्या समाधानमा हुने उहाँको भनाइ छ।