• १३ साउन २०८१, आइतबार

विकासका योजना बटुल्दै उम्मेदवार

blog

 मीना कंडेल
 कावासोती, वैशाख २३।
स्थानीय चुनाव आउन एक साता मात्र बाँकी छ। उम्मेदवारले घरदैलो र भेटघाटलाई तीव्र बनाएका छन्। 

आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मतदातासम्म पुगेका उम्मेदवारले उनीहरुसँग सुझाव मागेका हुन्। उम्मेदवारले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गर्दै घरदैलो अभियानलाई तीव्र पारेका छन्। तर, बुलिङटार गाउँपालिका उम्मेदवार तथा चुनावी प्रचारप्रसार समिति भने अरु भन्दा फरक तरिकाले जनता माझ गएको छ।

 चुनावी घोषणा पत्र सबैले बनाएका छन्। तर, अध्यक्ष र उपाध्यक्षको घरदैलो समूहले जनताका गुनासो र समस्या टिपोट गरेर समाधानका उपायसहित विज्ञको टोली नै लिएर घरदैलो गरेको छ। जनताबाट के कसरी गाउँपालिकाको विकास गर्न सकिन्छ भन्ने सुझाव टिप्दै उनीहरु भोट माग्न व्यस्त छन्। 

मतदाताले प्रहरी बिट स्थापना गर्नुपर्ने, घुमारीघाटको मन्दिरको निमार्ण, नालासहितको ग्रावेल बाटो लगायत निःशुल्क शिक्षा र रोजगार मुलक सीपको आवश्यकतामा ध्यान दिन सुझाव दिएका छन्।

बुलिङटार गाउँपालिकाका जनताले दिएको विकासका योजनालाई आफूले पुरा गर्नै र त्यही अनुसार आफू लागि पर्ने उम्मेदवारले प्रतिवद्धता व्यक्त गरेका छन्।

 अघिल्लो कार्यकालमा बुलिङटार क्षेत्रमा जनताका सामान्य समस्यादेखि पालिकाले गर्नसक्ने सम्पूर्ण काम उम्मेदवारले गरेका कारण पुनः जनताले आफूलाई विजयी गराउने बुलिङटार गाउँपालिकाका प्रमुखका उम्मेदवार शशीकिरण बस्ताकोटीले बताउनुभयो।

घरदैलो अभियानसँगै योजना संकलन गर्दै पालिका प्रमुख उम्मेदवार शशीकिरण बस्ताकोटी। तस्बिरः गोप