• १६ भदौ २०८१, आइतबार

निर्वाचन परिवर्तनकारी र प्रतिगमनबीचको लडाइँ हो : प्रचण्ड

blog

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: कविन अधिकारी

काठमाडौं, वैशख २३ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३० गते हुने स्थानीय निर्वाचन परिवर्तनकारी शक्ति र प्रतिगमनबीचको लडाइँ भएको बताउनुभएको छ। 

शुक्रबार सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। देशमा अहिले दुई थरीको गठबन्धन रहेको उहाँको भनाइ छ। ‘‘एउटा संविधान, परिवर्तन र प्रगतिको पक्षको गठबन्धन र अर्को परिवर्तन विरोधी गठबन्धन छ’’, अध्यक्ष प्रचण्डले भन्नुभयो। 

प्रचण्डले यो चुनावमा एउटा संघीयता विरोधी र अर्को संविधानको पक्षमा लडेको प्रगतिशील गठबन्धन बनेको प्रष्ट पार्नुभएको हो। ‘‘यो आफ्नो कित्ता प्रतिगमन वा प्रगतिको पक्षमा फैसला गर्ने चुनाव हो। हँसिया हथौडा, रुख, कलम वा छातालाई हामी सबैले आत्मसात् गर्न सक्नुपर्छ’’, प्रचण्डले भन्नुभयो।  

उहाँले विकास र समृद्धिको यात्रा सुरु गर्न रुखवालाले हँसिया हथौडा र हसिया हथौडाले रुखमा छाप हाल्नुपर्ने उल्लेख गर्नुभयो।  आजको आवश्यकता सहमति सहकार्य र एकता भएको भन्दै उहाँले ठूलो प्रयासले गठबन्धन गरेको बताउनुभयो। 

देशभर चुनावी तालमेलका लागि नीतिगत निर्णय गरेको भन्दै प्रचण्डले गठबन्धनलाई धेरै परसम्म लानुपर्नेमा जोड दिनुभयो।