• १३ साउन २०८१, आइतबार

गठबन्धनलाई कमजोर बनाउने काम भयो : नेता पौडेल

blog

काठमाडौं, वैशख २३ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  हँसिया हथौडामा छाप हान्दैनौँ भनेर गठबन्धनलाई कमजोर बनाउने काम भएको बताउनुभयो ।

‘हँसिया हथौडामा छाप हान्दैनौँ भनेर गठबन्धनलाई कमजोर बनाउने काम भएको छ ।’’ नेता पौडेलले भन्नुभयो, ‘‘म मेरा साथीहरुलाई भन्न चाहन्छु, संकीर्णता समातेर होइन, अलिकति खुला भएर संविधान र लोकतान्त्र जोगाउने गठबन्धनको सिमानामा जोडिनुस् । यो अग्रगामी र प्रगतिशील गठबन्धन हो ।’’

सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

त्यस्तै, उहाँले काठमाडौं महानगरमा बितेको पाँच वर्षमा भ्रष्टाचार संस्थागत भएको आरोप लगाउनुभयो । गठबन्धनले निर्वाचन जितेपछि सुशासनका लागि पर्याप्त काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।