• १३ साउन २०८१, आइतबार

गठबन्धन अझै पूर्ण सफल भएको छैन : चित्रबहादुर केसी

blog

तस्बिर: केशब गुरुङ

काठमाडौं, वैशाख २३ गते। सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन अझै पूर्णरुपमा सफल भइनसकेको बताउनुभएको छ। 

शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। अझै संसद चल्न नसकेको, सुशासनसहितको वातावरण निर्माण नभएको र भ्रष्टाचार कायमै रहेको अवस्थामा स्थानीय निर्वाचन हुन गइरहेको उहाँले बताउनुभयो। 

‘‘नेपालमा प्रतिगमन शक्तिशाली छ। गणतन्त्र, संसद सिध्याउदा, जनताको हक, अधिकार नभएको बेलाको दुःख हामीले बिर्सेका छैनौं’’, उहाँले भन्नुभयो, ‘‘अहिले प्रतिपक्षी रहेका साथीलाई पनि हामीले धेरै मद्दत गरेकै हौं।’’

यसअघिको वामपन्थी सरकारलाई झण्डै दुईतिहाई मत प्राप्त भएको तर सो सरकार पटक-पटक विभाजनपछि यसको विरुद्धमा राष्ट्रिय जनमोर्चा उभिएको उहाँको भनाइ छ। 

राजनीति जनताको सेवा गर्ने विषय भएको तर यसप्रति भने नागरिकमा वितृष्णा पैदा भएको उहाँको भनाइ छ। हामीले यति लामो समयसम्म उद्योग, धन्दा र कलकारखाना खोल्न नसकेको उहाँले बताउनुभयो।