अविनाश चौधरी
धनगढी, साउन २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गर्नुभएको छ ।
कार्य व्यस्तताका कारण उहाँले भेटघाट बन्द गर्नुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका शाह विश्वासको मत लिने तयारीमा रहनुभएको छ ।
उहाँको कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि बन्द गरिएको सचिवालयले जनाएको छ ।