जयकृष्ण यादव
इनरुवा, वैशाख १८ गते । झण्डै एक महिनापछि शिक्षकहरूको आन्दोलन सकिएसँगै बिहीबारदेखि सुनसरीको सामुदायिक विद्यालयमा विधार्थी भर्ना अभियान सुरु भएको छ ।
सार्वजनिकबिना भए पनि बिहीबार धेरै विद्यालयका शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिले विद्यालय बाहिर रहेका र नियमित नभएका सहितको विधार्थीलाई लक्षित गरेर भर्ना अभियान सुरु गरेको हो ।
वैशाख २ गतेबाट सुरु हुनुपर्ने भर्ना अभियान शिक्षकको सङ्घीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलनका कारणले तीन सतापछि बल्ल वर्तामा सहमति भएसँगै सुनसरीमा भर्ना अभियान सुरु भएको नेपाल शिक्षक सङ्घका अध्यक्ष वुणु सिग्देलले जानकारी दिनुभयो ।
शैक्षिकसत्रको सुरु वैशाख २ गतेबाट नयाँ शैक्षिकसत्र २०८२ को विद्यालय भर्ना अभियान सुरु हुनु पर्नेमा आन्दोलनले तीन सता पछि भर्ना अभियान सुरु भएको उहाँले जानकारी दिनुभयो ।
वार्षिक विद्यालय भर्ना हुने उमेर समूहका करिब ९३ देखि ९६ प्रतिशत बालबालिका विद्यालय भर्ना भए पनि अझै केही प्रतिशत बालबालिका विद्यालयको पहुँचबाट बाहिर गरेको सरकारी तथ्याङ्कलाई मध्यनजर गरी सघन भर्ना अभियानमा जुटेको इनरुवा २ स्थित बुढासुब्बा आधारभुत विद्यालयका प्रधानाध्यापक गणेश भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार विद्यालय आसपास क्षेत्रका दलित, उराँव र मधेशी बालबालिका अझै विद्यालयको पहुँचभन्दा बाहिर रहेको गुनासो सम्बोधन गर्न र बन्द विद्यालय खुलेको जानकारी दिन अभियानको रूपमा घरदैलौ गरेको हो । भट्टराईले बालबालिकालाई विद्यालय प्रवेश गराउन अभियान चलाइएको बताउनुभयो ।
आफूहरुले आन्दोलनको बेला असर परेकालाई विदाको समयमा समेत पठाएर क्षतीपूर्ति गर्ने र बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउन अभियान चलाएको बताउनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ इनरुवा नगर अध्यक्ष जयकृष्ण यादवले शिक्षकको आन्दोलनमा महासङ्घको पनि समर्थन रहेको र बार्ता सफल भएपछि इमानदारीपूर्वक शिक्षक काम फर्किनुभएकाले अभियान प्रभावकारी हुने बताउनुभयो ।
यादवले विद्यालय भर्ना अभियानले विपन्न, गरिब परिवारका विद्यार्थीलाई विद्यालयमा ल्याउन सहयोग गर्ने बताउनुभयो । विद्यार्थीलाई विद्यालयमा प्रवेश गराए पनि विद्यालयमा टिकाउनु भने चुनौतीपूर्ण देखिएकाले शिक्षकमा जागरुकता र जिम्मेवारितामा अझै ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
सुनसरीमा कक्षा १ मा भर्ना भएका विधार्थी माध्यमिक तहसम्म पुग्दा बिचैमा छाड्ने, विवाह र आर्थिक कारण देखाएर विद्यालय छाड्ने प्रवृत्ति बढेकाले शिक्षकहरूले विधार्थीसँगै अभिभावकका लागि महिनामा एक दिन भए पनि अभिभावक शिक्षा समेत सामाजिक उतरदायित्व अन्तर्गत दिन सके राम्रो हुने तर्क गर्नुभयो ।