• ८ पुस २०८१, सोमबार

कलाकार चिनाउने थेगो

blog

सुकृत नेपाल

काठमाडौँ, वैशाख २३ गते । नेपाली चलचित्र क्षेत्रमा दर्जनौँ हाँस्यकलाकारको जन्म भयो । कुनै समय यस्तो आयो टेलिशृङ्खलामा कलाकारपिच्छे थेगो बन्न थाले । कलाकारको परिचयलाई थेगोले झनै जीवन्त बनायो । यही थेगोलाई आम दर्शकले रुचाउन थाले पात्रलाई स्थापित हुन बल पुग्थ्यो । थेगोको आकर्षक प्रयोग र बोलीचालीमा सहज लाग्ने थेगोले कलाकार र दर्शकलाई नजिक बनायो । जसले समयअनुकूल उपनाम अथवा थेगोले आफूलाई परिचित बनाएपछि त्यही नै उनीहरूको ब्रान्ड बन्न पुग्यो, नेपाली कला क्षेत्रमा त्यस्ता केही हस्ती छन् जो दशकौँसम्म थेगोकै कारण चर्चामा रहे । थेगोको प्रयोगका क्रममा रमाइला किस्सा पनि छन् ।

हाँस्यकलाकार किरण केसी आज पनि थेगोको विगत  यसरी सम्झनुहुन्छ, “हे राता मकै’ यो मलाई जितु नेपालले दिएका हुन्  । पहिलो दिन ‘जिरे खुर्सानी’को सुटिङमा जितु नेपालले हे राता मकै मात्र भन्ने गरेको र उनले यो शब्द धेरै ठाउँमा प्रयोग गरेको हुनाले मैले उनकोे यो राता मकै भन्ने बानीलाई टिपिहालेँ र उनीसँग सल्लाह गरेर टेलिफिल्मको थेगो बनाए । पहिला त यो थेगो चल्ला जस्तो लागेको थिएन तर बिस्तारै यो सर्वाधिक लोकप्रिय बन्यो । जसको मुखमा पनि हे राता मकै भन्ने शब्द झुन्डिन थाल्यो ।”

केसीले टेलिशृङ्खलामा बोल्ने थेगोको चर्चा चोकदेखि पसलसम्मै देखिन थाले । यो थोगो यति लोकप्रिय बन्यो कि गाडी, रेस्टुराँ, पानपसल, दोहोरी साँझ, मासुपसल, चोक यी सबैका नाम राता मकै हुन थाले । यही थेगोको विषयमा थेसिस पनि लेखिएको केसीले सुनाउनुभयो ।  वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यका थेगोका किस्सा पनि रमाइला छन् । कलाकार आचार्यले धेरै किसिमका थेगो टेलिशृङ्खलाका संवादका क्रममा प्रयोग गर्नुभएको छ ।

  एकदमै चलेको थेगोका रूपमा भने उहाँले ‘यसो गरे कसो होला’ र ‘क्यानम डिस्टर्ब’ हो भन्नेलाई मान्नुहुन्छ । ‘यी दुवै थेगो मैले र मदन दाइले उत्पादन गरेको थेगो हो र अर्को एकजना कलाकारबाट हामीले बनाएका हौँ । क्यानम डिस्टर्ब एकजना उद्धव भट्टराई भन्ने कलाकार हुनुहुन्थ्यो जसलाई केही भयो कि क्यानम भनिहाल्ने । उहाँँलाई टेन्सन भयो या केही कुराले सतायो भने क्यानम डिस्टर्ब भन्नुहुन्थ्यो । क्यानम भन्दाभन्दै उहाँले जसलाई भेट्यो क्यानम मात्र भन्न थाल्नुभयो ।

’ क्यानम मदनकृष्ण, क्यानम हरिवंश भनेर दर्शकले सम्झने गरेको उहाँहरू अहिले पनि स्मरण गर्नुहुन्छ । ‘रात’ भन्ने सिरियलमा उक्त थेगो प्रयोग भएको उहाँको भनाइ छ  । यस्तै ‘यसो गरे कसो होला’ भन्ने वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण र आचार्यले सुटिङकै बेलामा उत्पादन गरेको थेगो हो । “सुटिङका बेला हामी बोल्दाबोल्दै प्रायः यही थेगो बोल्ने गथ्र्यौं । हामीले पछि यसलाई थेगो बनाएर प्रयोग ग¥यौँ,” उहाँले सुनाउनुभयो । 

कलाकार कमलमणि नेपाललाई पनि थेगोले चर्चित बनायो । भद्रगोल टेलिशृङ्खलामा  कलाकार नेपालको थेगो ‘के त भन्दा आखिरीमा हो नि त’ चर्चामा छ । ‘पहिल्यै कुमार कट्टेलजीले पुर्बेलीमा लेखेको क्यारेक्टर हो यो । मैले होई–होई भन्ने डाइलगमा बीचमा के त भन्ने राख्दा कस्तो होला भनेर उहाँलाई सोधेँ र ‘के त’ भन्दा राखेर हेरम् न भन्ने छलफल भएको’ नेपाल स्मरण गर्नुहुन्छ । यतिले पनि यो पूरा नभएको जस्तो भएर ‘आखिरमा हो नि त’ पनि हामीले त्यसमा जोड्यौँ र थेगोलाई पूरा गरेको उहाँ बताउनुहुन्छ  । थेगो परिमार्जन गर्दा  संवाद पनि थप मीठो सुनिएको उहाँको अनुभव छ ।