• १९ असार २०८१, बुधबार

दुई हप्तादेखि महिला बेपत्ता

blog

कञ्चनपुर, वैशाख २३ गते । दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्कनुभएको हो । उहाँ हालसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन । 

श्रीमती घरमा नआएपछि उहाँका श्रीमान् सागरले खोजी गर्दै आउनुभएको छ । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उहाँले भन्नुभयो । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिनुभएको छ ।