• १२ असोज २०८१, शनिबार

सञ्चार क्षेत्रका विकृति अन्त्य गनुपर्नेमा जोड

blog

‘आरआर जर्नल’ विमोचन । तस्बिर : रासस

काठमाडौँ, साउन २५ गते । प्राज्ञिक क्षेत्रका व्यक्तिहरुले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयंले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । 

त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले आयोजना गरेको ‘आरआर जर्नल’ विमोचन तथा अन्तरक्रियामा क्याम्पस प्रमुख प्रा.डा.जीवनधर ज्ञवालीले आरआर क्याम्पस पत्रकारिता प्रशिक्षणको प्रमुख केन्द्र भएको बताउँदै सञ्चार क्षेत्रमा पनि विकृति, विसङ्गति विद्यमान रहेकाले त्यसको अन्त्य पत्रकारहरुले नै गर्नुपर्नेमा जोड दिनुभयो । “सञ्चार क्षेत्रले समाजलाई सही दिशामा डो र्‍याउने भएकाले सञ्चारकर्मीले पेशाप्रति इमानदार भएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

विषय शिक्षक, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागका प्रमुख शन्तराम बिडारीले गुणस्तरीय पत्रकारिता शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताउँदै समाचार कक्षलाई कक्षाकोठासँग जोडेर अध्यापन जारी राखेको जानकारी दिनुभयो । उहाँले पत्रकारितालाई मर्यादित र गुणस्तरीय बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । 

पत्रकारिता विभाग प्रमुख डा.जगत नेपालले पत्रकारितामा नवप्रवेशीहरुका धेरै अवसर छन् भन्दै उनीहरूलाई पेशाप्रति समर्पित भएर काम गर्न आग्रह गर्नुभयो । त्यस अवसरमा पत्रकारिता गर्दै पढ्दै गरेका कमलकृष्ण विष्ट, फोमस भण्डारी, अञ्जिता पोखरेल, समिता ढकाल, प्रकाश कपाली, हरेराम भेटवाल, प्रेरणा आचार्य र भीमबहादुर लामाले पत्रकारिताका अनुभव सुनाउनुभएको थियो । रासस