• १२ असोज २०८१, शनिबार

साहित्य सन्ध्या पुरस्कार घोषणा

blog

काठमाडौँ, साउन १७ गते । सुनसरीका शिवनारायण पण्डित ‘सिङ्गल’ लाई २०८० सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिने भएको छ । 

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ का लागि गठित ‘स्रष्टा चयन समिति’ को साउन १४ गते सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । 

सो समितिद्वारा जारी विज्ञप्ति अनुसार २०८० सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ सोइना दाहाललाई दिइने भएको छ । मासिक रूपमा सञ्चालित साहित्य सन्ध्यामा सहभागी हुनेमध्येका स्रष्टालाई सो पुरस्कार प्रदान गरिँदै आएको जनाइएको छ ।

यस्तै विनोद किरण (विनोद बाजुरेली) लाई साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मान, सत्यदेवी खड्का अधिकारीलाई ‘साहित्य सन्ध्या–कृष्णचन्द–बालकुमारी पुरस्कार तथा सम्मान’ र कृष्ण बजगाईंलाई ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाइँ नियात्रा पुरस्कार तथा सम्मान’ दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।