• १८ असार २०८१, मङ्गलबार

गठबन्धनका उम्मेदवार जिताउन शक्ति केन्द्रित गर्ने एकीकृत समाजवादीको निर्णय

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख २० गते। नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनका उम्मेदवार जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

 पार्टी महासचिव डा. वेदुराम भुसालका अनुसार बैठकले महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

 त्यसैगरी बैठकले सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवार जिताउन लागिपर्ने र एकल उम्मेदवारी दिएका स्थानमा पार्टीका उम्मेदवारलाई जिताउन लागिपर्ने निर्णयसमेत बैठकले गरेको भुसालले जानकारी दिनुभयो। 

महासचिव भुसालका अनुसार बैठकले गठबन्धन नभएको र आफ्ना उम्मेदवार नभएका ठाउँमा दक्षिणपन्थी अवसरवादी एवम् प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने निर्णय गरेको छ।  गठबन्धन दलबीच सहमति कायम गर्न अन्तिमसम्म प्रयत्न गर्ने निर्णयसमेत भएको बैठकपछि महासचिव भुसालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।