• ९ पुस २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय गतिविधि

नेतृत्वको सुरक्षा चुनौती

blog

अमेरिकाको चुनावी राजनीति 

अमेरिकामा त्यहाँका नागरिकले आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउने कानुनी अधिकारको व्यवस्था गरिएको छ । यो अधिकारको दुरुपयोग हुँदा बन्दुक नै अहिले सार्वजनिक सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ ।

विश्वको सर्वाधिक शक्तिशाली मुलुक अमेरिकाको राजनीतिमा हिंसा गम्भीर चिन्ताको विषय बनेको छ । अमेरिकाका प्रत्येक नागरिकलाई बन्दुक राख्न पाउने कानुनी छुटको व्यापक दुरुपयोगले बारम्बार राजनीतिकलगायत आमहिंसाका घटनामा ज्यान जाने वा घाइते हुने व्रmम रोकिएको छैन । आमनागरिकले बन्दुक राख्न पाउने व्यवस्था हटाउनु पर्छ भनी बारम्बार आवाज उठे पनि कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा बर्सेनि गोली प्रहारबाट जनधनको क्षति भएको छ । 

अमेरिका चुनावी वर्षमा छ । यसै वर्षको नोभेम्बर ५ मा त्यहाँ राष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारूढ डेमोव्रmेटिक पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति जोए बाइडेन र प्रमुख विपक्षी रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबिच प्रतिस्पर्धा हुने ठानिएको थियो तर पार्टीभित्र र बाहिरबाट उम्मेदवारी फिर्ता लिन चर्को दबाब परेपछि ८१ वर्षीय बाइडेनले चुनाव नलड्ने घोषणा गर्नुभएको छ । उहाँले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने बताउनुभएको छ । पार्टीले भने कमलालाई उम्मेदवार बनाइसकेको छैन । ७८ वर्षीय ट्रम्प भने आव्रmामक शैलीमा चुनावी अभियानमा जुट्नुभएको छ । 

यसै व्रmममा पेन्सिलभेनियाको चुनावी ¥यालीलाई सम्बोधन गरिरहेकै बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भयो । जुलाई १३ मा भएको सो घटनामा उहाँ सामान्य घाइते हुनुभयो । उहाँको दाहिने कानमा गोली लाग्यो । सोही घटनामा अन्य एक जनाको ज्यान गयो भने दुई जना घाइते भए । लगत्तै गोली हान्ने स्थानीय २० वर्षीय युवक टामस म्याथ्यु व्रmुक्स सुरक्षा कारबाहीमा मारिए । 

राष्ट्रपति बाइडनले ट्रम्पमाथि गोली प्रहार भएपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राजनीतिलाई ‘रणभूमि’ वा ‘हत्याको मैदान’ बनाउनु नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “राजनीति कहिल्यै पनि रणभूमि बन्नु हुँदैन ।” अमेरिकालाई एकताबद्ध हुन र राजनीतिक मतभिन्नता शान्तिपूर्वक मतपेटिकाबाट टुङ्ग्याउन बाडइेनले आग्रह गर्नुभयो । 

गोली लागे पनि कत्ति पनि विचलित नहुनु भएका ट्रम्पको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेलगत्तै चुनावी अभियानलाई निरन्तरता दिनुभएको छ । यो घटनाबाट चुनावी अभियान नरोकिने भन्दै उहाँले आमजनसमुदायलाई एकताबद्ध भई हिंसाको प्रतिवाद गर्न आह्वान गर्नुभयो । अमेरिकाको सङ्घीय जाँच ब्युरो (एफबिआई) ले हत्या गर्ने उद्देश्यका साथ ट्रम्पमाथि गोली प्रहार भएको र संयोगले मात्र उहाँ बाँच्नुभएको भन्दै घटनाको अनुसन्धान सुरु गरेको छ । व्रmुसले छ महिनाअघि आफ्ना पिताले किनेको राइफलबाट ट्रम्पमाथि गोली चलाएको अनुसन्धानका व्रmममा खुल्न आएको छ । 

सन् १७७६ मा बेलायतबाट स्वतन्त्र भएको अमेरिकामा सन् १७८९ मा जर्ज बासिङ्टन पहिलो राष्ट्रपति बनेयता हालसम्म चार जना राष्ट्रपतिको गोली हानी हत्या गरिएको छ । यसरी हत्या गरिने राष्ट्रपतिहरूमा अब्राहम लिङ्कन, जेम्स ए गेरफिल्ड, विलियम म्याक्किन्ले र जोन एफ केनेडी हुनुहुन्छ । हत्या प्रयासमा बाँचेकाको सूचीमा ट्रम्पसमेत कैयौँको नाम छ ।

सन् १८६५ को अप्रिल १४ मा वासिङ्टन डिसीस्थित फोर्डज थियटरमा लिङ्कनको गोली हानी हत्या भयो । जोन विल्क्स बुथ नाम गरेका व्यक्तिले उहाँमाथि गोली प्रहार गरेका थिए । गोली हानेपछि लुक्दै हिँडेका बुथ १२ दिनपछि भर्जिनियामा फेला परेका थिए । युनियन आर्मी सोल्जरले बुथको त्यहीँ गोली हानेर हत्या गरेको थियो । लिङ्कनले अमेरिकाको संविधानबाट दास प्रथा हटाएर सबैलाई स्वतन्त्र बनाउनुभएको थियो । त्यसका साथै, उहाँकै विवेकसम्मत निर्णयका कारण गृहयुद्धका कारण विभाजनको सँघारमा पुगेको अमेरिका एकीकृत नै रह्यो । सङ्घीय सरकारलाई बलियो बनाउन र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्न लिङ्कनको ठुलो भूमिका थियो । 

सन् १८८१ को जुलाई २ मा वासिङ्टन डिसीको रेल्वे स्टेसनमा जेम्स ए गेरफिल्डमाथि गोली हानियो । सत्ता समालेको छ सातामा उहाँमाथि गोली हानिएको थियो । उहाँको काँध र पिठिउँमा दुई वटा गोली लागेको थियो । गोली लागेको घाउमा सङ्व्रmमण भएर ११ हप्तापछि उहाँको निधन भयो । आफूलाई फ्रान्सको राजदूत नबनाएको झोकमा गेरफिल्डलाई गोली हानेको उहाँको हत्यारा चाल्र्स जे गिटो सुरक्षा कारबाहीमा मारिएका थिए ।

सन् १९०१ को सेप्टेम्बर ६ मा न्युयोर्कमा आयोजित एक मेलामा राष्ट्रपति विलियम म्याक्किन्लेमाथि गोली हानियो । उहाँको पेटमा गोली लागेको थियो र गोली लागेको आठ दिनपछि उहाँको निधन भयो । उहाँलाई लिओन जोल्गोसले गोली हानेका थिए । यो घटना भएको एक महिनापछि उनलाई मृत्यु दण्ड दिइयो । 

टेक्ससको डल्लासमा पत्नी ज्याकीको साथमा छाना नभएको कारमा सवार भएर गइरहेको समयमा राष्ट्रपति जोन एफ केनेडीको १९६३ नोभेम्बर २२ मा हत्या गरिएको थियो । केनेडीलाई लि हार्भे ओसल्डले गोली हानेका थिए । केनेडीको टाउको र पिठिउँमा दुई वटा गोली लागेको थियो । गोली लागेको एक घण्टापछि नजिकैको अस्पतालमा उहाँको निधन भयो । ओसल्ड एक्लैले केनेडीको हत्या गरेको अनुसन्धानले देखाएको थियो । 

सन् १९८१ मार्चमा राष्ट्रपति रोनाल्ड रेगन हत्या प्रयासमा घाइते बन्नुभयो । वासिङ्टन डिसीमा एक होटल बाहिर रेगनमाथि जोन हिन्क्ले जुनियरले गोली प्रहार गरेका थिए । यो रेगनले कार्यभार समालेलगत्तैको घटना हो । यस घटनामा रेगनका प्रेस सचिव जेम्स ब्रैडी गम्भीर घाइते हुनुभयो । सन् १९८७ मा लुइजियानामा रिपब्लिकनको महाधिवेशनमा पनि आफूलाई कसैले गोली हानेको रेगनले बताउनुभयो । उहाँले आफूलाई गोली हानी मार्न खोजेको तर आफू बचेको अभिव्यक्ति दिनुभएको थियो । 

राष्ट्रपति थिओडोर रुजवेल्ट सन् १९१२ मा फेरि राष्ट्रपति बन्ने चुनावी दौडमा हुनुहुन्थ्यो । मिलवाकीमा भाषण गर्न जाँदा एक सैलुन अपरेटरले उहाँलाई गोली हाने तर उहाँ यो आव्रmमणबाट बच्न सफल हुनुभयो । राष्ट्रपति ह्यारी ट्रुमनलाई सन् १९५० मा पोर्टाे रिकन राष्ट्रवादीले ह्वाइट हाउस अगाडि गोली हानेका थिए तर उहाँ बाँच्न सफल हुनुभयो । 

सन् १९७२ मा अलाबामाका गभर्नर जर्ज वालेस, जो तेस्रो पटक राष्ट्रपतिका लागि प्रचारमा हुनुहुन्थ्यो । यस व्रmममा वासिङ्टन डिसी बाहिर उहाँलाई गोली हानियो । आव्रmमणका कारण उहाँको कम्मरदेखि तलको हिस्सा पक्षाघात भयो । 

सन् १९७५ को सेप्टेम्बरमा क्यालिफोर्नियामा राष्ट्रपति गेराल्ड फोर्डमाथि दुई पटक आव्रmमण भयो तर दुवै पटक उहाँ सकुशल उम्कनुभयो । 

सन् २००५ मा जर्जियाको टिबिलिसीमा भाषण दिइरहेका बेलामा राष्ट्रपति जर्ज डब्लु बुसमाथि पनि आव्रmमण भएको थियो । यो घटनामा उहाँको स्टेजमा ग्रेनेड प्रहार भएको थियो । सन् १९७२ राष्ट्रपतिका उम्मेदवार जर्ज वालेस गोली लागेपछि प्यारालाइसिसको सिकार हुनुभएको थियो । 

राष्ट्रपतिको उम्मेदवार नभए पनि ठुलो राजनीतिक शक्ति भएका काला जातिका नेता मार्टिन लुथर किङ जुनियरको पनि गोली हानी हत्या भयो । सन् १९६८ मा भएको यो घटना अमेरिकाको इतिहासमा एउटा भयानक क्षण थियो । सन् १९९४ मा बिल क्लिन्टन राष्ट्रपति छँदा ह्वाइट हाउसमै गोली चलेको थियो तर उहाँ सकुशल उम्कनुभयो । 

अमेरिकामा सर्वसाधारणदेखि राष्ट्रपतिसम्म कोही पनि बन्दुक आतङ्कबाट सुरक्षित छैनन् । बन्दुक आतङ्क रोक्न विभिन्न प्रयास गरिए पनि सफल हुन सकेको छैन । 

केही वर्षअघि अमेरिकाको मेरिल्यान्डस्थित क्यापिटल गजेट पत्रिकाको कार्यालयमा बन्दुकधारीको आव्रmमणमा पाँच जना पत्रकार मारिए भने केही घाइते भए । फाउन्टेन हिल्स सहरमा आफूलाई वृद्धाश्रममा लैजान लागेको थाहा पाएपछि ९२ वर्षीया वृद्धा आमाले ७२ वर्षीय छोराको गोली हानी हत्या गरिन् । यसअघि फ्लोरिडास्थित एक विद्यालयमा भएको गोलीकाण्डमा शिक्षक र विद्यार्थी गरी १७ जना मारिए । यी घटनासँगै बन्दुुक नियन्त्रण गर्नुपर्ने आवाज फेरि चर्को रूपमा उठ्यो । राजधानी वासिङ्टन डिसीलगायत आठ सय स्थानमा लाखौँको सङ्ख्यामा विद्यार्थीले विरोध प्रदर्शन गर्दै बन्दुक नियन्त्रण गर्न माग गरे । 

फ्लोरिडाको घटनापछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बन्दुकमा प्रयोग गरिने बम्प स्टक (एक प्रकारको अत्याधुनिक उपकरण) लाई अवैधानिक घोषणा ग¥यो । स्वचालित बन्दुकमा प्रयोग गरिने त्यस्तो उपकरण अर्ध स्वचालित बन्दुकमा जडान गरेपछि धेरै गोली भण्डारण गर्न मिल्नुका साथै त्यसबाट मिनेटमै सयौँ राउन्ड फायर गर्न सकिन्छ । सेमी असल्ट राइफलमा प्रयोग गरिने यस्ता बम्प स्टकका कारण अमेरिकामा सामूहिक गोलाबारी हुने गरेको छ । लस भेगासमा यस्तै उपकरण जडित राइफल प्रयोग गरेर सामूहिक गोलाबारी भएको थियो जसमा ६० जनाको ज्यान गएको थियो भने पाँच सय जना घाइते भएका थिए । 

अमेरिकाको क्यालिफोर्नियास्थित एक सामाजिक गृहमा स्थानीय मुसलमान दम्पतीले अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गर्नुका साथै २१ जनालाई घाइते बनाएको घटना पछाडिको रहस्योद्घाटन सँगसँगै अमेरिकाभर ठुलो आतङ्क छायो । हत्याकाण्डमा संलग्न दम्पती इस्लामिक उग्रवादी समूह आइएस स्टेटका अनुयायी भएको खुलासा भयो । सो हत्याकाण्डलगत्तै दुवै जना प्रहरीको कारबाहीमा मारिए । आइएस स्टेटले आफ्नो आग्रहमा अमेरिकामा आव्रmमण गरेको भन्दै दुवै जना सहिद भएको दाबी ग¥यो । यसबारे अनुसन्धान गरिरहेको अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबिआई)ले दुवै जना इस्लामिक उग्रवादी विचारबाट प्रभावित भई सो आव्रmमण गरेको प्रमाण फेला परेको दाबी ग¥यो । 

अमेरिकामा त्यहाँका नागरिकको आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउने कानुनी अधिकारको व्यवस्था गरिएको छ । यो अधिकारको दुरुपयोग हुँदा बन्दुक नै अहिले सार्वजनिक सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ । बन्दुकधारीले त्यहाँका स्कुल, व्याम्पस, अस्पताल, सामाजिक संस्थामा बारम्बार अन्धाधुन्ध गोली प्रहार गरी सामूहिक हत्या गर्ने र धेरैलाई घाइते बनाउने व्रmम बढ्दै गएको छ । बन्धुकधारीको आव्रmमणबाट त्यहाँ बर्सेनि हजारौँ निहत्था मानिसको ज्यान जानुका साथै हजारौँ घाइते हुने गरेका छन् । बन्दुकको दुरुपयोग रोक्न अमेरिकी सरकारले विभिन्न कदम चाल्दै आए पनि सफलता पाउन सकेको छैन । 

अठारौँ शताब्दीदेखि नै बन्दुकको दुरुपयोग गरी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दै सामूहिक हत्या गर्ने व्रmम सुरु भएको हो । अमेरिकाका ५० वटै राज्यका बासिन्दा बन्दुक आतङ्कबाट पीडित छन् । बन्दुक व्यक्तिको हातबाट हटाएर राज्यको नियन्त्रणमा लिनु पर्छ भन्ने बहस हुँदै आएको पनि छ तर यसले सार्थक रूप लिन सकेको छैन । 

एक तथ्याङ्क अनुसार अमेरिकामा हरेक वर्ष बन्दुकबाट ३० हजार मानिस मारिन्छन् । त्यहाँको जनसङ्ख्या ३२ करोड रहेकोमा प्रहरी र सर्वसाधारणसँग गरी ३७ करोड बन्दुक छन् । वर्षमा हुने ६० लाख अपराधका घटनामध्ये छ लाख घटना बन्दुकको प्रयोगबाट हुने गरेको छ । हरेक वर्ष एक लाखमा औसत १० जनाको गोली लागेर मृत्यु हुन्छ । हरेक वर्ष ५५ लाख निजी हतियार बनाइन्छ । ९५ प्रतिशत हतियार देशभित्रै खपत हुन्छ । हतियार खरिद गर्ने मानिसको न्यायिक रेकर्ड उपलब्ध हुँदैन ।

यति घटना हुँदाहुँदै पनि अमेरिकामा आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउनु पर्छ भन्नेहरूको जमात ठुलो छ । एफबिआईका अनुसार त्यहाँ २८ करोड ३० लाख बन्दुक निजी व्यक्तिका हातमा रहेका छन् । निजी व्यक्तिले बन्दुक राख्न पाउने भएकाले बर्सेनि यस्ता बन्दुकको उत्पादन र बिव्रmीवितरण पनि उल्लेख्य रूपमा हुने गरेको छ । त्यहाँ बन्दुकको ठुलो आर्थिक कारोबार हुने भएकाले सो कारोबारमा संलग्न व्यक्ति तथा समूह साथै बन्दुकका पारखीका कारण बन्दुक नियन्त्रण गर्ने कार्य त्यहाँ असम्भव जस्तै बनेको छ । 

तत्कालीन राष्ट्रपति बाराक ओबामाले आफ्नो दुई कार्यकालमा बन्दुक आतङ्क नियन्त्रण गर्न निकै प्रयास गर्नुभयो । उहाँले संविधानमा संशोधन गरी नयाँ कानुन नै बनाएर बन्दुक नियन्त्रण गर्नु पर्छ भनी संसद्का दुवै सदनमा बहससमेत गराउनुभयो तर सफलता पाउन सक्नुभएन । 

Author

रामप्रसाद आचार्य