• ९ पुस २०८१, मङ्गलबार

चञ्चल चञ्चल चुलबुले मन (निबन्ध)

blog

पवनपुत्र हनुमान ! रामायण पढ्दा जानेको सूक्ति ! सु+उक्ति=सूक्ति । संस्कृत वाङ्मयको भाषा वैयाकरण ! मन लाग्छ विश्लेषण गर्न हरपल हरदम ! शैली अभिव्यक्ति कला ! कला अनुराग जीवन्त रहन बाँच्नुको आफ्नै ढाँचा ! ढाँचा काँचा पनि भइएला । पर्वाह गर्दा गर्दै निर्धक्किन्छु विश्वास साथ नडग्मगाई । प्रियजन आदरणीय महानुभाव ! नडगमगाई चाल, गति, प्रस्थान । गरिन्छ प्रस्थान यात्रामा जीवनका मात्रा सँगालेर प्रतिपल । ठानेमानेको छु लिएर भरोसा आफैँमा ! मन लागेपछि चालिहाल्नुपर्ने मन चुलबुले तरङ्ग । शान्त तलाउको पानी सललल तरङ्गिन्छ जसरी उसै गरी तरङ्गिँदो यो मन लाग्छ उस्तै उस्तै । ताल तलैयाका पानी तरङ्ग्याउँछ पवनले ! तालको तरङ्गले मन तरङ्ग्याउँछ भित्रभित्रै । तरङ्गिए पछि मन कलमले कलमी सार्न हतासिँदो हुन्छ । आफ्नै अनुभूति मन लाग्छ पानामा रङ्ग्याउन । दीर्घायुको सुलक्षण भनूँ भनूँ लाग्छ । होस् नहोस् ... ? जे होस् होस् । लोकतान्त्रिक स्वतन्त्रता– अभिव्यक्तिको । ईश्र्या द्वेष द्रोह भावमुक्त ।

तरखरिन्छ यो मन नलरबरीकन ! नलरबरीकनको भावविन्यास स्वच्छ मनले विवेकशील भावविन्यास गर्नु । विवेकशील विन्यासमा मन मस्तिष्क लहसिन्छ । मन मस्तिष्क लहसिन्दा विचारब्रह्म स्फुरिँदो पाएँ । अनुभूति बन्यो मन भित्र भित्रै । क्या आनन्द ।

संस्कृतिका आयाम सांस्कृतिक जीवन मेलाहरूको सँगालो आयामिक सांस्कृतिक एक हैन अनेक पहल, पक्ष समेटिएर आयामिक बने बनाइएका काम–धाम–नाममूलक चेष्टाधारी बने । यस आवृत्तिका आवरण अङ्कित चित्र नवदुर्गा भवानीको यात्रा पथका अगुवा सिफद्यः भगवतीको । सि=फल । फः भवानी माताको आकृति त्रिकोण मात्र । त्रिकोण ज्यामिक स्वरूप । तान्त्रिक मन्त्रमा त्रिकोण–योनी आकार । सम्भवतः त्रिकोण साधना मन्त्र गोपनीय मानिनु उच्छृङ्खलित नहोऊन् इरादामय । योपनीयताको अन्तर्य समाजलाई उच्छृङ्खलित हुनु नदिने अभ्यास । कत्रो महिमामय गाथा । अध्ययन अनुसन्धानले उघार्दा मर्म आनन्ददायक कति कति । त्रिकोण जीवनद्वार । जीवनद्वार आनन्दसार... । सागर अथाह अपार । यो अनन्त सागर अवर्णनीय । मात्र आफैँमा रमण गर्न सकिने अवर्णनीय । तैपनि व्याप्तिन्छ प्रकृतिकै बरदान । छैन सीमा बन्ध; सकिन्न राख्न पनि । साबितिन्छ निरर्थक–व्यर्थ–निस्फल–प्रयोजनविहीन ।

अनाककृत आकृतिका अवतार रूप स्वरूपविहीन । स्वरूप आफ्नै आकृति नभएकी । जसको स्वरुप आफ्नै रूप आकृति हुन्न, हुन् विश्वरूप । विश्वरूप संसारव्यापी आकृति । जुन जुन दृष्टिले प्रक्षेपण गर्छ कोणिक आँखा उस्तै मूर्ति झल्कनु । कत्रो रहस्य अन्तरहित रहस्य । हुन्छ अन्तरनिहित रहस्यभित्र अनन्त आकृतिहरू लुकेका । ब्रह्मवेग प्रायोजन हुन्न नगरी पार्न फेला अन्तरङ्गका तरङ्ग । भन्नु अन्तरङ्गका तरङ्ग मूर्तमान सिद्धि लक्ष्मी देवीका अमूर्त पक्षधर रूप । अमूर्त पक्षधर आकृतिका स्थान अङ्कित रहेका पनि । ज्वलन्त प्रमाण यक्ष मल्लले थालनी गरेका भूपतीन्द्र मल्लले पूर्णता दिएको ५५ झ्याले दरबारको मातमाथि तल्ला । त्यसको भित्तामा लेखिएका विश्वरूप मूर्ति । रहेबनेका छन् प्रमाण प्रत्येक । स्थापत्य कलाविद प्राडा सुदर्शनराज तिवारीज्यूकृत एसे अन कल्चर एन्ड हिस्ट्र अफ भक्तपुर, द क्यापिटल अफ मल्ल नेपाल मण्डल अध्ययनबाट छर्लङ्ग्याउँदो हुन्छ । भई जान्ुछ बुझ्छु धारामा मात्र अहम्कार निहितिन्छ । धोत लिनु मात्र धेर धोई । हेर्ने दृष्टिकोण । बुझ्न दर्शन अनन्त । अनन्त सीमाविहीन खगोल । जसमा हुन्न व्यास, लम्बाइ, गहिराइ केही न केही । यी सब सोच हाम्रै । यी सब हामीमै निर्भर । केवल चिनमय चिन्तन । हा हा हा ! अहँ !

चिन्तनमग्न योगी तपश्वीहरू चिम्लन्छन आँखा । आँखा चिम्लनु एकाग्र हुनु । चिम्लँदा आँखा ध्यान एकाग्रिन्छ । एकाग्रिँदा ध्यान चित्त शुद्धिन्छ । शुद्ध चिन्तनवृत्तिले मनमस्तिष्कभित्र विवेक उघ्रिन्छ । विवेक उघ्रिँदा बहुजन हिताय भाव प्रष्फुटन हुन पुग्छ । यस अवस्थालाई विवेकशील कर्मयोग मुहूर्त मानिन्छ । उत्तराद्र्ध जीवनको यो अवस्था आनन्दसार ।

आनन्दसार जीवन मृत्युञ्जय बन्छ । मृत्युञ्जय जीवन अमर त होइन्छ कहाँ ? मात्र दीर्घायु हुन्छ । दीर्घायु हुनु नै अमरत्व प्राप्त हुनु । दीर्घजीवन भर आआफ्नो विवेक चलायमान राख्न पाउनु न हो ? सूर्यविनायक गणेशको मन्दिर । विनायक गणेशलाई एकछत्र गजानन् भनिएको छ । एक दन्त एउटा मात्र दन्त भएको अर्थ भाव रहेको । एक दन्त गजानन् भन्नुका अर्थ धुइरो धुइरो छ । स्वस्थानी व्रतकथा माघ महिनामा । कथा हाल्नुको तात्पर्य मौसमी बेलाबखत जाडोयाम । घरपरिवारकामूली (अग्रज) ले हस्तलिखित पाण्डुलिपि बैठकमा स्वस्थानी भाव भक्तिपूर्वक महिना दिनसम्म वाचन गरिन्छ । दोलाइमा गुट्मुट्याएर कथा सुन्न बस्नु आफैँ अनुभूति ओकल्दै छु । आफ्नै अनुभूति ओकल्नु मजा लाग्दो । स्वस्थानी देवी भगवती आआफ्नै घरघरकी मात्रीदेवी हुन् । नितान्त प्रतीकात्मक । प्रतीक परोक्ष हुन्छन् । विवेक बलको सहारा यसको प्रत्यक्षीकरण ।

पारवती देवीले महादेव तपोवन जाँदा बुकु दलेर निस्केको मयल थुपारी त्यसबाट गणेश तयार पारे । स्वस्थानी व्रतकथामा उल्लेख छ । बुकुको मयल निस्केको जम्मा पारी जीवनदान दिए । यहाँ संस्कृत वाङ्मयको श्लोक चाहिँ ओकल्न स्त्रीया चरित्रम् पुरुषष्य भाग्यम् दैवो नजानाती कुलः मनुष्याम् नारी चरित्रम् पुरुषका भाग्य विधाता त जाँदैन भने मानिसका लाग्छ... । हा हा हा हा ...हो !!!  मधुपर्क