• १८ असार २०८१, मङ्गलबार

काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी पोखरेललाई

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, वैशाख १९ गते । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजकको जिम्मेवारी दिएको छ । चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन एमालेले सो जिम्मेवारी दिएको हो ।

काठमाडौँ महानगर निर्वाचन परिचालन सचिवालयमा आज सम्बाेधन गर्दै संयोजक पोखरेलले भन्नुभयो, ‘चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढङ्गले यो काम अघि बढ्छ ।’ 

पोखरेलले आज ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिनुभयो ।  एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढङ्गले अघि बढ्ने बताउनुभयो ।