किगाली (रुवाण्डा), साउन १ गते । रुवाण्डाका राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि चुनावमा ९९.१५ प्रतिशत मतसहित निर्वाचित हुनुभएको छ । जहाँ दुई प्रतिद्वन्द्वीलाई मात्र चुनाव लड्न अनुमति दिइएको थियो ।
मतदान बन्द भएको सात घण्टापछि निर्वाचन आयोगले जारी गरेको आंशिक नतिजामा कागामेले ९९.१५ प्रतिशत मत प्राप्त गरेको देखाएको छ । जुन सात वर्ष अघिको मतदानमा उहाँले पाएको ९८.७९ प्रतिशतभन्दा पनि बढी हो ।
डेमोक्र्याटिक ग्रिन पार्टीका उम्मेदवार फ्रान्क हाबिनेजाले ०.५३ प्रतिशत र स्वतन्त्र फिलिप मपाइमानाले ०.३२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
सत्तारूढ रुवान्डन प्याट्रियोटिक फ्रन्ट (आरपीएफ) को मुख्यालयबाट सम्बोधन गर्दै उहाँले आफूलाई थप पाँच वर्ष कार्यकाल दिएकोमा रुवान्डालीलाई धन्यवाद दिनु भयो ।
प्रस्तुत नतिजाले केवल तथ्याङ्क मात्र नभई शतप्रतिशत विश्वास भएको बताउदै उहाँले सबै मिलेर सबै समस्या समाधान गर्न सक्ने उल्लेख गर्नुभयो ।
पूर्ण परिणाम जुलाई–२० सम्म र निश्चित परिणाम जुलाई–२७ सम्ममा आउनेछ ।
रुवाण्डालीका लागि निर्वाचन प्रक्रिया सुरक्षित र पारदर्शी वातावरणमा भएको राष्ट्रिय निर्वाचन आयोगले विज्ञप्तिमा जनाएको छ ।
९० लाखभन्दा बढी रुवान्डालीमा–लगभग २० लाखले पहिलो पटक मतपत्र दर्ता भएको राष्ट्रपति पदको दौड पहिलो पटक विधायी चुनावको साथ एकै समयमा आयोजना गरिएको थियो ।
कागामेले सन् २००३, २०१० र २०१७ मा ९३ प्रतिशतभन्दा बढी मत प्राप्त गरी चुनाव जित्नुभएको थियो ।
प्रतिबन्धित रुवान्डाको अदालतले प्रमुख विपक्षी व्यक्तित्वहरू बर्नार्ड नटागान्डा र भिक्टोइर इन्गाबायरको अपिललाई अस्वीकार गरेको थियो । जसले उनीहरूलाई सोमबारको मतदानबाट अयोग्य ठहर गरी सजायहरू हटाउन आग्रह गरेको थियो ।
निर्वाचन आयोगले डायने र्विगारालाई पनि कागजी कार्यको मुद्दालाई उद्धृत गर्दै प्रतिबन्ध लगाई दोस्रो पटक दौडबाट बाहिर राखेको थियो ।
मतदान अघि, एम्नेस्टी इन्टरनेसनलले रुवान्डाको राजनीतिक विपक्षले “गम्भीर प्रतिबन्धहरू। साथै धम्कीहरू, मनमानी नजरबन्द, अभियोजन, हत्या र जबरजस्ती बेपत्ता“ भएको जनाएको छ ।
अल्पसङ्ख्यकलाई लक्षित गरी सय दिनको रक्तपात फैलाउने इच्टा चरमपन्थीलाई बाहिर निकाल्दै किगालीमा मार्च गर्दा कागामेको आरपीएफ मिलिसियालाई सन् १९९४ को नरसंहार अन्त्य गरेकोमा प्रशंसा गरिएको छ ।
संसदीय चुनावमा ५८९ उम्मेदवार ८० मा सिटको लागि लडेका थिए जसमा ५३ जना विश्वव्यापी मताधिकारद्वारा निर्वाचित भएका थिए ।
विधानसभामा आरपिएफले ४० र यसका सहयोगीहरूले ११ सिट जितेका थिए भने हाबिनेजाको पार्टीले दुई सिट जितेको थियो । थप २७ वटा स्थानमा महिला, युवा र अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षित छन् । रासस/एएफपी